Kathmandu Press

आफ्ना माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने डा केसीको घोषणा

काठमाडौं, भदौ १२ : डा गोविन्द केसीले ६ बुँदे माग राख्दै अनसनको घोषणा गरेका छन् ।  डा केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका...
आफ्ना माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने डा केसीको घोषणा

काठमाडौं, भदौ १२ : डा गोविन्द केसीले ६ बुँदे माग राख्दै अनसनको घोषणा गरेका छन् । 

 डा केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका हुन् । 

उनले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने माग राखेका छन् । त्यस्तै सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नती र गुणस्तर वृद्धि र सुनश्चित गर्न पनि माग गरेका छन् । 

यसैगरी सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायतका आधारभुत स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने उनको माग छ । सरकारी स्वास्थ्य संस्थाहरुका वरिपरि च्याउझैँ खुलेका तर मापदण्ड नपुर्याई जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गर्न पनि उनले माग गरेका छन् । 

यस्ता छन् डा केसीका मागहरु 

 

प्रकाशित मिति: १६:०९ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्