चुनाव चिह्नको प्रचारप्रसार गर्न अनेरास्ववियुलाई माधव नेपालको निर्देशन
काठमाडौं, भदौ १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको चुनाव चिह्नको प्रचारप्रसार गर्न निर्देशन दिएका...
काठमाडौं, भदौ १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको चुनाव चिह्नको प्रचारप्रसार गर्न निर्देशन दिएका छन् ।
काठमाडौंमा आइतबारदेखि सुरु भएको अनेरास्ववियुको विस्तारित बैठकलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा पार्टीलाई जिताउन चुनाव चिह्नको प्रचारप्रसार गर्न विद्यार्थीलाई निर्देशन दिएका हुन् ।
‘हामीले विद्रोह नगरेको भए देश प्रतिगामी बाटोमा जाने थियो, अब निर्वाचनमा एकीकृत समाजवादीलाई जिताउन कलम चिह्नको प्रचारप्रसार गर्नुस्,ँ अध्यक्ष नेपालले भने ।
उनले आफू सँधै अन्याय र अत्याचारमा परेका जनताको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘कम्युनिस्ट पार्टी समाज परिवर्तनमा केन्द्रित हुन्छ । कम्युनिस्ट पार्टी गरिब, सर्वहाराका लागि स्थापना गरिएको हुन्छ । हामी क्रान्तिकारी हौं । जनताको हित रक्षा गर्ने योद्धाहरु हौं,’ उनले भने ।











