Kathmandu Press

पार्टीप्रतिको भ्रम चिर्दै चुनावमा बहुमत आउने गरी जुट्न ओलीकाे निर्देशन

काठमाडौं, भदौ १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रतिको भ्रमलाई चिर्दै बहुमत आउने गरी निर्वाचनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।ललितपुर...
पार्टीप्रतिको भ्रम चिर्दै चुनावमा बहुमत आउने गरी जुट्न ओलीकाे निर्देशन

काठमाडौं, भदौ १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रतिको भ्रमलाई चिर्दै बहुमत आउने गरी निर्वाचनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै ओलीले नागरिकता लगाएतका विषयमा एमालेप्रति गठबन्धन दलले भ्रम छर्ने प्रयास गरेको भन्दै भ्रमहरुलाई चिर्दे बहुमत आउने गरी निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन्।

मधेश लगाएतका क्षेत्रमा नागरिकताका विषयमा एमालेप्रति भ्रम सिर्जना गर्न खोजिएको र जन्मसिद्धका आधारमा नागरिकता दिनुपर्नेमा एमालेको कुनै आपत्ती नरहेको उनले बताए।

ओलीले मुलुकमा देखिएको आर्थिक लगाएतका समस्याहरुलाई समाधान गर्न एमाले सरकारमा आउनै पर्ने धारणा राखे।

उनले अहिले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुटने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रीत भएको जिकिर गरे। यसअघि एमाले सरकारले अघि सारेका राम्रा कार्यहरुलाई वर्तमान सरकारले रोक्ने काम गरेको भन्दै एमालेका राम्रा कामका बारेमा जनतालाई जानकारी गराउनुपर्ने उनले बताए।

मुलुकलाई सही बाटोमा अघि बढाउन एमालेले उचित नीति बनाउनुपर्ने र आगामी निर्वाचनको घोषणापत्र पार्टीको मात्रै नभएर देशको भविष्य कोर्ने मार्गचित्र हुनुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले दराजमा थन्किएका एमालेका राम्रा नीतिहरुलाई कार्यान्वयन गर्न सबै नेताकार्यकर्ता गम्भीर हुनुपर्ने धारणा राखे।

बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी र ३४ सदस्यीय केन्द्रीय निर्वाचन सचिवालय गठन गर्ने निर्णय गरेको छ भने प्रदेश, जिल्ला, पालिका, वडा र बुथसम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको छ।

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्