Kathmandu Press

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी सचिवमा विष्णु रिमाल

काठमाडौं, भदौ १२ : एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका छन्।आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको...
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी सचिवमा विष्णु रिमाल

काठमाडौं, भदौ १२ : एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि गठित समितिको आज (आइतबार) पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले रिमाललाई सचिव बनाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

४५१ सदस्यीय सो कमिटीको संयोजकमा भने पार्टी अध्यक्ष केपी ओली नै छन्।

बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन गरेको रिजालले बताए। देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर विजय हासिल गर्ने अठोटसहित चुनावमा होमिने निर्णय बैठकले गरेको उनको भनाइ छ।

परिचालन कमिटीमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहेका छन्।

एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्नेलगायत पार्टीको सचिवालयले गरेको निर्णय अनुमोदान गरेको थियो।

एमालेले अध्यक्ष ओलीकै संयोजकतवमा घोषणापत्र मस्यौदा समिति पनि गठन गरेको छ।

प्रकाशित मिति: १३:५८ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्