Kathmandu Press

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देशबारे राष्ट्रियसभामा जानकारी

काठमाडौं, भदौ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल गरिएको छ।राष्ट्रिय सभाको आज (आइतबार) बसेको बैठकमा साे...
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देशबारे राष्ट्रियसभामा जानकारी

काठमाडौं, भदौ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९' बारे सन्देश राष्ट्रिय सभामा जानकारी गराइएको छ।

राष्ट्रिय सभाको आज (आइतबार) बसेको बैठकमा साे सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराए।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट भदौ २ मा हुबहु पारित भइसकेको छ। अब राष्ट्रियसभाले पनि त्यसलाई पारित गर्नुपर्छ।

राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरे त्यस्तो विधेयक दुवै सदनले पुनः पारित गर्नुपर्ने संवैधानिक व्यव्स्था छ।

संघीय संसदले पुनः पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संविधानका व्यवस्था अनुसार दोस्रोपटक पारित भएर गएको विधेयक फिर्ता गर्ने छुट राष्ट्रपतिलाई छैन।

संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो। तर राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन्।

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्