काठमाडौं महानगरले भत्काउन थाल्यो भोटाहिटी सब–वे माथिको अवैध संरचना
काठमाडौं, भदौ १२ : काठमाडौं महानगरपालिकाले रत्नपार्क क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगर प्रहरीले आइतबार बिहान भोटाहिटीको सब–वे माथि बनाइएका अवैध...
काठमाडौं, भदौ १२ : काठमाडौं महानगरपालिकाले रत्नपार्क क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगर प्रहरीले आइतबार बिहान भोटाहिटीको सब–वे माथि बनाइएका अवैध संरचना भत्काउन थालेको हो ।
पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन लागिएको उनले बताए ।
सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ। पछिल्लो समय काठमाडौं महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ।
महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन अभियान नै सञ्चालन गरेको थियो । मेयर बालेन अहिले फिल्डमा खटिएका छैनन् । डोजरसहित नगर प्रहरीलाई स्ट्यानबाई राखेका छन्।