Kathmandu Press

कांग्रेसको नमोबुद्ध–काठमाडौं सम्पर्क समितिको सभापतिमा लामा 

काठमाडौं, भदौ १२ : नेपाली कांग्रेस नमोबुद्ध काठमाण्डौ सम्पर्क समितिको सभापतिमा आकाश लामा चयन भएका छन् ।नेपाली काग्रेस नमोबुद्ध कार्य समितिको आयोजनामा भएको सम्पर्क...
कांग्रेसको नमोबुद्ध–काठमाडौं सम्पर्क समितिको सभापतिमा लामा 

काठमाडौं, भदौ १२ : नेपाली कांग्रेस नमोबुद्ध काठमाण्डौ सम्पर्क समितिको सभापतिमा आकाश लामा चयन भएका छन् ।
नेपाली काग्रेस नमोबुद्ध कार्य समितिको आयोजनामा भएको सम्पर्क समिति गठन कार्यक्रममा लामा सहित उपसभापतिमा सिद्धिबहादुर दाहाल र हिमाल सिं तामाङ, सचिवमा रत्न लामा र नवेश तामाङ, सहसचिवमा प्रेमबहादुर लामा र विनोद न्यौपाने चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा शंकर रायमाझी, केदार प्रसाद पौडेल, विकास तिवारी, समुन्द्र नेपाल, हेमराज लामा, विष्णुबहादुर तामाङ, विकास तामाङ, गोविन्दबहादुर भुजेल, अजय लामाङ, तेजबहादुर तामाङ, कुमार लामा र बासुराम तामाङ चयन भएका छन्।

कार्यक्रमको नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति तिर्थ लामाले उद्घाटन गरेका थिए । सभापति लामाले काङ्ग्रेस द्रुत गतिमा रहेको र नेपाली काङ्रेसको सबै वडा, टोलमा पुग्ने अभियानमा लागेको जनाए। पार्टी क्रियाशिलतामा निरन्तरताका कारण पार्टीमा भुमिका दिईने जनाउँदै नयाँ बनेको समितिले आगामी निर्वाचनमा उल्नेख्य भूमिका खेली नमोबुद्धका मतदाताहरुलाई काठमाडौबाट मतदान स्थल सम्म पुर्याउन भुमिका खेल्न अनुरोध गरे।

कार्यक्रममा संविधान सभा सदस्य हर्षजित लामा, नेपाली काँग्रेसका जिल्ला उपसभापति ठाकुर न्यौपाने र रमेश हुमागाई, प्रतिनिधि सभा सभापति दिनेश लामा, प्रदेश सभापति चन्द्र लामा र राम लामा नमोबुद्ध नगरका मेयर कुन्साङ लामा, जिल्ला सदस्य सन्तमान लामा र भोला भट्टराई, नेताहरु मधुकर खनाल, निगम हुमागाई, नगर सचिव रामेश्वर अधिकारी र महेन्द्र थिङ, नेपाल महिला सघ नमोबुद्ध नगर समिति सभापति शान्ता पाठक नराल लगायतले काँगेसको भुमिकाका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस नमोबुद्ध नगर सभापति इन्द्र दाहालले गरेका थिए ।
 

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्