Kathmandu Press

हलान्डको ह्याट्रिकमा सिटीको जित, बोर्नेमाउथको पोस्टमा लिभरपुलको ९ गोल

हलान्डको ह्याट्रिकमा सिटीको जित, बोर्नेमाउथको पोस्टमा लिभरपुलको ९ गोल

काठमाडाैं, भदाै १२ : इंग्ल्सि प्रियिमर लिगमा उपाधि दाबेदार टिम म्यान्चेस्टर सिटी र लिभरपुलले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा अर्लिङ हलान्डको ह्याट्रिक मद्दतमा सिटीले क्रिस्टल प्यालेसमाथि ४–२को जित निकाल्दा लिभरपुलले बोर्नेमाउथमाथि ९–०को फाराकिलो जित निकाल्यो।

घरेलु मैदानमा सिटीले २ गोलले पछि परेको अवस्था उल्टाउँदै क्रिस्टल प्यालेसमाथि ४–२को सानदार पुनरामगन जित निकाल्यो। सिटीका लागि हलान्डको ह्याट्रिकसँगै बर्नार्डो सिल्भाले पनि गोल गरे भने क्रिस्टल प्यालेसका जोचिम एन्डरसनले गोल गरेका अर्को गोल आत्मघाती भएको थियो।

चौथो मिनेटमै सिटीका जोन स्टोन्सले आत्मघाती गोल गरेपछि क्रिस्टल प्यालेसले अग्रता लियो। २१ औं मिनेटमा एन्डरसनले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २ गोलले पछि परेको सिटीले दोस्रो हाफमा ४ गोल गर्दै पुनरमगन सम्भव बनायो। ५३ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले खेलमा फर्किएको थियो । त्यसपछि हलान्डले ६२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि ७०औं र ८१औं गोल गर्दै हलान्डले आफ्नो ह्याट्रिक गोल गरे भने टिमलाई ४–२को जित दिलाए। यो प्रियिमर लिगमा सिजनको र हलान्डको पनि पहिलो ह्याट्रिक हो ।

यता, लिभरपुलले सिजनको पहिलो जित निकाल्ने क्रममा प्रिमियर लिग इतिहासकै फराकिलो जितको कीर्तिमान बराबरी गरेको छ। शनिबार राति भएको खेलमा उसले बोर्नमाउथमाथि ९–०को जित निकाल्यो ।

लिभरपुलको जितको फराकिलो जितमा रोबर्टो फिर्मिन्हो र लुइस डियाजले समान दुई गोल गर्दा हार्भे इलियट, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, भिर्गिल भान डाइग र फाबियो कार्भाल्होले पनि गोल गरे। एक गोल आत्मघाती भएको थियो।

 

 

प्रकाशित मिति: १०:१२ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्