Kathmandu Press

संघ र प्रदेशको सीट सँगसँगै टुंग्याउने कार्यदलको तयारी

काठमाडौं, भदौ १२ : सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाको सीटको बाँडफाँड सँगसँगै गर्ने तयारी गरेको छ।गठबन्धनले सीट बाँडफाँड गर्न...
संघ र प्रदेशको सीट सँगसँगै टुंग्याउने कार्यदलको तयारी

काठमाडौं, भदौ १२ : सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाको सीटको बाँडफाँड सँगसँगै गर्ने तयारी गरेको छ।

गठबन्धनले सीट बाँडफाँड गर्न गत साउन २१ गते कार्यदल गठन गरेको थियो। कार्यदलले विभिन्न चरणमा छलफल गरे पनि टुंगोमा पुग्न सकेको छैन।

अब भने सीट बाँडफाँडको अन्तिम चरणमा पुगेको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। यसका लागि आज अपराह्न ४ बजे कार्यदलको बैठक बस्न लागेको उनले जानकारी दिए।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सीट बाँडफाँडको टुंगो लगाउने तयारी गरिएको उनको भनाइ छ। कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाको सीटको बाँडफाँड सँगसँगै गर्ने गृहकार्य गरिरहेको कार्कीले जानकारी दिए।

शुक्रबार बसेको कार्यदलको बैठकमा पाँचै पार्टी आआफ्नो सीटको दाबी पेश गरेका थिए। सबैले बढीबढीभन्दा सीटको दाबी गरेको भए पनि सहमति जुट्ने मन्त्री कार्कीको भनाइ छ।

यसअघि कार्यदल अलमलमा परेपछि शीर्ष नेताको बैठकमा सीट बाँडफाँडको विषयमा छलफल भएको थियो। शीर्ष नेताको बैठकले प्रतिनिधिसभाका १६५ वटै क्षेत्रको अवस्थासहित प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

जसअनुसार, कार्यदल फेरि छलफलमा जुटेको हो। कार्यदलले प्रतिनिधिसभाका १६५ वटै सीटमा छलफल गरिसकेको छ भने अब प्रदेशसभाका सीटका विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०८:५८ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्