नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुने
काठमाडौं, भदौ १२ : राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुने भएको छ।आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै...
काठमाडौं, भदौ १२ : राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुने भएको छ।
आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ। आजको बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसअघि यो विधेयकलाई प्रतिनिधिसभाले दोस्रोपटक पारित गरिसकेको छ। प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रिय सभामा पेश गर्न लागिएको हो। राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रमाणीकरणका लागि फेरि राष्ट्रपति समक्ष पठाइनेछ।
यससँगै आजको सम्भावित कार्यसूचीमा विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराइने भएको छ।

प्रकाशित मिति: ०८:२६ बजे, आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786430634.png)




-1786430634.png)





