Kathmandu Press

केन्यासँगको तेस्रो टी-२० खेल आज

काठमाडौं, भदौ १२ : केन्या भ्रमणमा रहेको नेपाली टोलीले आज तेस्रो टी-२० खेलमा प्रतिस्पर्धा गर्दै छ।आज नेपाल र केन्याबीच अपराह्न ३ः४५ बजे नैरोबीस्थित...
केन्यासँगको तेस्रो टी-२० खेल आज

काठमाडौं, भदौ १२ : केन्या भ्रमणमा रहेको नेपाली टोलीले आज तेस्रो टी-२० खेलमा प्रतिस्पर्धा गर्दै छ।

आज नेपाल र केन्याबीच अपराह्न ३ः४५ बजे नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ। दुवै टोली जितका लागि मैदानमा उत्रिनेछन्।

पाँच खेलको श्रृङ्खलामा पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेलमा केन्याले जित हासिल गरेको हो। पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो।

त्यस्तै, शुक्रबार भएको खेलमा नेपाल १८ रनले पराजित भएको थियो। नेपाली ब्याटर चल्न नसक्दा सामान्य स्कोरको खेल पनि गुमाउनु परेको थियो।

 

प्रकाशित मिति: ०८:१४ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्