Kathmandu Press

एकीकृत समाजवादीका उम्मेदवार सिफारिस

कास्की, भदाै ११ : नेकपा (एकीकृत समाजवादी)ले कास्कीका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। नेकपा(एस)का...
एकीकृत समाजवादीका उम्मेदवार सिफारिस

कास्की, भदाै ११ : नेकपा (एकीकृत समाजवादी)ले कास्कीका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। नेकपा(एस)का तीन वटै सङ्घीय/प्रदेश निर्वाचन समन्वय कमिटीको आजको बैठकले आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार जिल्ला कमिटीमा सिफारिस गरेर पठाएका हुन्।

कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पार्टीका पोलिटब्युरो सदस्य श्रीनाथ बराल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन। यस क्षेत्रबाट समानुपातिकमा गजकुमारी गुरुङ, दिलकुमारी पन्त र जैनव खातुन सिफारिस भए।

यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १(१) मा मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल सिफारिस भएका छन। समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिसमा परेका छन।

यसैगरी प्रदेशसभा १(२)तर्फ प्रत्यक्षमा पूर्ण लामा सर्वसम्मत सिफारिस भएका छन।  समानुपातिकतर्फ गजकुमारी गुरुङ, डिकबहादुर राई (डिवी), डिलाराम लामिछाने, तिलबहादुर विक (तिलक) र चन्द्रकिशोर गौतमलाई सिफारिस गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा  तुलबहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाता राम आचार्य र शर्मिला पौडेल सिफारिस भएको पार्टीका जिल्ला उपसचिव पूर्ण लामाले जानकारी दिए।

प्रदेशसभा २(१) मा झपिन्द्रराज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेल तथा प्रदेशसभा २(२) मा रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, कृष्ण पराजुली (ढाका मोहन), सुशील बस्नेत, देवेन्द्र बास्तोला,  दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेल सिफारिस भएको सो पार्टीले जनाएको छ।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्य सिफारिस भएका छन। प्रदेशसभा ३ (१)मा प्रत्यक्षतर्फ दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भीमाकुमारी पौडेल र अनिता दमै (रोशनी) जिल्ला कमिटीमा सिफारिस भएका छन।

यसैगरी प्रदेशसभा ३(२) मा होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, सङ्गीता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसी उम्मेदवार सिफारिस भएका छन।

क्षेत्रीय निर्वाचन कमिटीबाट सिफारिस भएर आएका नामलाई जिल्ला कमिटीले थप छलफल गरेर प्रत्येक निर्वाचन क्षेत्रमा चार जनाका दरले प्रदेश कमिटीसमक्ष सिफारिस गर्ने र प्रदेशले रायसहित केन्द्रमा सिफारिस गर्ने जिल्ला उपसचिव लामाले जानकारी दिए।

प्रकाशित मिति: २१:०० बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्