Kathmandu Press

पोखरा विमानस्थलका संरचनाको अधिकतम सदुपयोग गरौँ : वरिष्ठ नेता पौडेल

पाेखरा, भदाै ११ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गरेका...
पोखरा विमानस्थलका संरचनाको अधिकतम सदुपयोग गरौँ : वरिष्ठ नेता पौडेल

पाेखरा, भदाै ११ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गरेका छन।

पोखराको विकास सन्दर्भमा आज एक प्रेस नोट जारी गर्दै उहाँले विमानस्थल भूमाफियाको कब्जामा जानबाट रोक्न र रङ्गीचङ्गी फूल, वनस्पति तथा हरियालीसहितको ‘बोटानिकल गार्डेन’ बनाउने कार्यमा अग्रसरता लिन पोखरा महानगरसँग आग्रह गरे। निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अहिलेको विमानस्थलको संरचना र जमिनमा व्यापारिक कम्प्लेक्स बनाउने तथा जमिन भाडामा लगाउने चर्चाकाबीच नेता पौडेलले यस्तो आग्रह गरेका हुन।

'हिमाल, तालतलैया, रमणीय प्रकृति, संस्कृति र जनजीवनले स्वर्गको टुक्राझैँ अनुभूत हुने पोखरामा बन्ने सुन्दर बोटानिकल गार्डेनले त्यहाँ पुग्ने पर्यटक घुम्ने थप गन्तव्य मात्र हुने छैन, यसले बढ्दो घना सहरीकरणसँगै खुला ठाउँको अभावको पूर्ति गर्नेछ, यसप्रकार जमिनको सदुपयोग, संरक्षण र प्रभावकारिता बढ्नेछ भने पर्यटकको बसाई लम्बाउन मद्दत गर्नेछ,' नेता पौडेलले जारी गरेकाे प्रेस नोटमा उल्लेख छ।

पोखरा विमानस्थलको जमिनको उच्चतम सदुपयोगका लागि यससँग सम्बद्ध सरकारी निकाय, गैरसरकारी निकाय, पर्यटन व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणा सरोकारवाला सबैमा सर्वपक्षीय छलफलका लागि उनले आह्वानसमेत गरेका छन। विश्वकै एक पर्यटकीय केन्द्रको पहिचान बनाएको र नेपालको पनि उत्तिकै  महत्वको गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा आउन लागिसकेको खबरले आफूमा  खुसी र उत्साह जगाएको नेता पौडेलले बताए। विमानस्थलले पोखराको पर्यटकीय पहिचान र पर्यटक आगमनको दायरालाई अझै फराकिलो बनाउनेमा उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १९:४४ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्