फर्नान्डेसको गोलमा युनाइटेडको जित
काठमाडाैं, भदाै ११ : इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ। लिगमा लागतार दोस्रो जित निकाल्ने क्रममा शनिबार भएको खेलमा...
काठमाडाैं, भदाै ११ : इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ। लिगमा लागतार दोस्रो जित निकाल्ने क्रममा शनिबार भएको खेलमा युनाइटेडले साउथह्याम्टनलाई उसकै मैदानमा १–०ले हरायो।
लिगका सुरुआती दुवै खेलमा पराजित भएको युनाइटेडले अघिल्लो खेलमा लिरभपुलमाथि २–१को जित निकालेको थियो। त्यसपछि युनाइटेड ब्राइटन र ब्रेन्टफोर्डसँग पराजित भएको थियो।
साउथह्याम्पटनविरुद्ध युनाइटेडलाई जित दिलाउन कप्तान ब्रुनो फर्नान्डेले निर्णायक गोल गरे। सुरुवातदेखि नै साउथ्ह्याम्पटनमाथि दबाबमा राखेपनि पहिलो हाफमा युनाइटेडले गोल गर्न सकेन।
५५औं मिनेटमा डिएगो डालोटले क्रसमा अर्नमाक रहेका फर्नान्डेसले वान टचमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा युनाइटेड विजयी भयो।
यही खेलमार्फत ब्राजिलियन मिडफिल्डर कासिमिरोले प्रिमियर लिगमा डेब्यू गरे। स्पेनिस क्लबबाट ७० मिलियन युरोमा युनायटेड आएका उनी एन्थोनी इलांगाको स्थानमा मैदान प्रवेश गरेका थिए।
खेलमा युनाइटेडले ५३ प्रतिशत बल पोजेशन बनाएपछि आक्रमण भने साउथह्याम्पटनले बढी गरेको थियो। उसले १७ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो भने युनाइटेडले ११ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो।











