राष्ट्रपतिद्वारा लोसपाका नेताहरूसँग नागरिकता विधेयकबारे छलफल

काठमाडाैं, भदाै ११ : राष्ट्रपति विद्या भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूसँग नागरिकता विधेयकबारे छलफल गरेकी छन्।
छलफलका लागि शनिबार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू अनिल झा, जितेन्द्र सोनाललगायत शीतल निवास पुगेका थिए।
छलफलका क्रममा नागरिकता समस्या राष्ट्रिय समस्या भएको र नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राख्न नहुने भनाइ राष्ट्रपतिसमक्ष राखेकाे लाेसपाका एक नेताले जनाए।
राष्ट्रपति भण्डारी विधेयकलाई अघि बढाउने विषयमा सकारात्मक रहेको र नागरिकता समस्याको स्थायी समाधान हुनुपर्ने पक्षामा उनी रहेकाे ती नेताले बताए।
नागरिकताबारे संविधानमै धेरै त्रुटि रहेकाे जानकारी राष्ट्रपतिलाई गराएकाे उनले बताए।
प्रकाशित मिति: १८:१३ बजे, शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786430634.png)









