Kathmandu Press

देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक : प्रचण्ड

बुटवल, भदाै ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताएका छन्। शनिबार बुटवलमा सञ्चचारकर्मीसँग कुरा गर्दै...
देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक : प्रचण्ड

बुटवल, भदाै ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताएका छन्। 

शनिबार बुटवलमा सञ्चचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभए पनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठुलो कुरा भएको जिकिर गरे।

त्यस्तै प्रचण्डले स्थानीय तह चुनावको परिणाम जस्तो आएपनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको धारणा राखे।

उनले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको समेत बताए। 

प्रकाशित मिति: १८:०२ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्