Kathmandu Press

उम्मेदवार छनाेटकाे विशेष अधिकार ओलीलाई, यस्ता छन् एमालेका अन्य निर्णय

काठमाडौं, भदौ ११ : नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठक अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गर्दै सम्पन्न भएको छ।पार्टी मुख्यालय...
उम्मेदवार छनाेटकाे विशेष अधिकार ओलीलाई, यस्ता छन् एमालेका अन्य निर्णय

काठमाडौं, भदौ ११ : नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठक अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गर्दै सम्पन्न भएको छ।

पार्टी मुख्यालय च्यासलमा शुक्रबारसुरू भई शनिबार सम्पन्न बैठकले आगामी मंसिर ४ गते मा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो। 

बैठकले निर्वाचनका सम्बन्धमा विशेष प्रस्ताव पारित गर्दै उम्मेदवारहरुको मनोनयन र बन्दसूचीको अन्तिम नर्णिय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ भने औपचारिक मनोनयनपत्र दिन र उम्मेदवारको बन्दसूची पेस गर्न केन्द्रीय कमिटीको तर्फबाट पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरेको हाे। 

बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गर्नुका साथै उम्मेदवारको मापदण्ड रसिफारिस मिति पनि तोकेको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पनि पारित गरिएको छ। ओली प्रस्तुत गरेको प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भएको र पार्टीलाई संगठनात्मक र वैचारिक रुपले एकताबद्ध तथा कार्यशैलीमा एकरुपता ल्याउने सो प्रतिवेदनले एकताको सन्देश दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए। 

बैठकले गरेको निर्णयबारे जानकारी दिँदै पार्टी उपमहासचिवसमेत रहेका गुरुङले केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोग, निर्वाचन आयोगका अध्यक्षले दिएको जानकारी केन्द्रीय कमिटीले ग्रहण गरेको बताए।

बैठकले आसन्न निर्वाचनलाई ध्यानमा राखि युवा कार्यकर्ता केन्द्रीय निर्वाचन परिचालन बुथ कमिटी गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै पार्टीलाई बहुमतमा पुराउन आवश्यक पर्ने ६ प्रतिशत मत वृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ २ भोट थप्ने र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय गरेको गुरुङले बताए।

त्यस्तै बैठकले यसअघि सचिवालयले गरेका निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल गठन, केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, १२ विभागहरुको सचिवहरुको मनोनयन र तीन बिभाग विस्तार लगाएतका निर्णयहरुलाई अनुमोदन गरेको छ। 

हेर्नुहाेस् निर्णय

प्रकाशित मिति: १७:२० बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्