Kathmandu Press

शेखर कोइराल भन्छन्– गठबन्धनका दलले बुझून् कांग्रेसको संगठन कमजोर छैन

माेरङ, भदाै ११ : सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको संगठन कमाजोर नभएको बताएका छन्।‘जनताको साथमा कांग्रेस अभियान’का क्रममा मोरङ...
शेखर कोइराल भन्छन्– गठबन्धनका दलले बुझून् कांग्रेसको संगठन कमजोर छैन
फाइल तस्बिर ।

माेरङ, भदाै ११ : सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको संगठन कमाजोर नभएको बताएका छन्।

‘जनताको साथमा कांग्रेस अभियान’का क्रममा मोरङ पुगेका कोइरालाले गठबन्धनका दललाई कांग्रेसको संगठन कमजोर भएको भनेर नबुझ्न आग्रह गरे ।

नेता कोइरालाले देशको प्रतिकूल अवस्थाका कारण गठबन्धन गरेर चुनावमा जानु परेको बताए। उनले भने, ‘गठबन्धन गरेको भन्दैमा कांग्रेस कमजोर भएको छैन। एक्लै निर्वाचनमा जान सक्षम छ । तर प्रतिकुल परिस्थितिका कारण गठबन्धनमा जानु हाम्रो बाध्यता हो।’

संघीय निर्वाचनमा कांग्रेसले १ सयभन्दा कम सिट लिएर गठबन्धन गर्नुको कुनै अर्थ नहुने बताए । १ सय सिट नपाए कांग्रेस एक्लै चुनावमा जानुपर्ने तर्क पनि कोइरालाको थियो।

यस्तै, उनले कांग्रेसको प्रभाव भएको क्षेत्रमा अन्य पार्टीले दाबी गर्दैमा त्यो क्षेत्र छाड्न नहुने पनि बताए। उनले भने, ‘गठबन्धनका अन्य दलले दाबी गर्दैमा त्यस्तो सिट छोडिहाल्नु हुँदैन । त्यहाँ कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा गरेरमात्रै सिटको बाँडफाँट गर्नुपर्छ।’

प्रकाशित मिति: १७:१५ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्