Kathmandu Press

समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई नदोहोर्‍याउने एमालेकाे निर्णय

काठमाडौं, भदौ ११ : एमाले केन्द्रीय कमिटीको चौथो बैठक उम्मेदवार छनोटको मापदण्ड तय गर्दै सम्पन्न भएको छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा...
समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई नदोहोर्‍याउने एमालेकाे निर्णय

काठमाडौं, भदौ ११ : एमाले केन्द्रीय कमिटीको चौथो बैठक उम्मेदवार छनोटको मापदण्ड तय गर्दै सम्पन्न भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिँदै बैठकले उम्मेदवार छनोटका लागि पाँच मापदण्ड बनाएको छ। पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुनबमोजिमको योग्यता भएका व्यक्ति छनाेट गर्न एमालेले निर्देशन िदएकाे छ।

शुक्रबार सुरू भई शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेशसभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएको। 

समानुपातिकतर्फका उम्मेदवार छनोटमा एकपटक अवसर पाइसकेकालाई नदोहोर्‍याउन भनिएको छ। समानुपातिक मत पार्टीको कमाइ भएकाले सबैलाई पालैपालो अवसर दिनुपर्ने एमालेको निष्कर्ष छ। प्रत्यक्षतर्फ भने कतिपटक उम्मेवार हुने भन्ने तर्क व्यावहारिक नहुने एमालेको भनाइ छ।

गुरुङले समानुपातिकको नाम सिफारिस गर्दा अवसरको न्यायोचित वितरण, सन्तुलन र समावेशी ढंगले पठाउनुपर्ने भन्दै जिल्लाले पठाउने निर्णय अन्तिम नभएकाले केन्द्रबाट हेरफेर हुने बताए। 

‘समानुपातिक मत भनेको पार्टीको लोकप्रियतामा प्राप्त मत हो। यसमा संगो पार्टी पङ्तिको योगदान रहेको हुन्छ। समानुपातिक मत सामूहिक कमाइ हो, तसर्थ, समानुपातिकतर्फको बन्दसूची तयार गर्दा सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्ने भन्ने पक्षलाई ध्यान दिइनुपर्छ,’ एमालेले भनेको छ, ‘त्यसैले, समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्रयोग गरेका पार्टीका नेता कार्यकर्ता वा समर्थकहरुलाई आमरुपमा दोहोर्‍याउनु हुन्न। यस्ता  क्षेत्रमा पालैपालो वितरण प्रणाली लागु गरिनुपर्छ।’

 

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्