Kathmandu Press

एक्ला एक्लै चुनाव लड्न गठबन्धनका दललाई रवि लामिछानेको चुनौती

काठमाडाैं, भदाै ११ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारुढ गठबन्धनका दलहरुलाई एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका छन्। शनिबार पार्टीको उपात्यका...
एक्ला एक्लै चुनाव लड्न गठबन्धनका दललाई रवि लामिछानेको चुनौती

काठमाडाैं, भदाै ११ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारुढ गठबन्धनका दलहरुलाई एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका छन्। शनिबार पार्टीको उपात्यका स्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका हुन्।

उनले विभिन्न टुक्रामा विभाजित भएका दलहरु गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको पनि उल्लेख गरे । उनले बा पुस्ताका नेताहरुलाई चुनावमा नजिताउन आग्रह गरे । उनले भने, ‘राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन।’

यस्तै, लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको प्रसंशा पनि गरे । सुधार लागि कोही पनि अगाडि बढेको बताउँदै उनले भने, ‘बाहरु त छन्, तर उनीहरु अगाडि बढ्दैनन्। अब समय परिर्वतनको आएको छ।’

‘म सबै बाहरुलाई आज बुवाको मुख हेर्ने दिन सम्ममान एउटा सन्देश दिन चाहन्छु, पछाडि बा भएका तीन बा अर्थात् केपी बा, देउवा र नानीका बा,’ लामिछानेले भने, ‘बा भएकाहरुलाई सम्मान बिदा गरौं, किनकि अगाडि बा भएकाहरु डोजर लिएर निस्की सके।’

 

 

प्रकाशित मिति: १६:४९ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्