Kathmandu Press

थप १७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ११ : नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ६ सय ४३ पिसिआर परिक्षणका क्रममा...
थप १७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ११ : नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ६ सय ४३ पिसिआर परिक्षणका क्रममा ६५ जना र २ हजार १ सय ९६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन। त्यस्तै थप ३ सय ९६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ५९ जना निको भएका छन्।

हाल नेपालमा ३ हजार ६ सय १२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्