अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लुम्बिनी प्रदेशको गौरव : मुख्यमन्त्री केसी
काठमाडाैं, साउन ११ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लुम्बिनीको गौरवको आयोजनाका रुपमा सम्पन्न भएको बताएका छन्।शनिबार संघीय सरकारले बुटवल...
काठमाडाैं, साउन ११ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लुम्बिनीको गौरवको आयोजनाका रुपमा सम्पन्न भएको बताएका छन्।
शनिबार संघीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले लुम्बिनी प्रदेश सरकारले लुम्बिनी, गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलजस्ता विकासका पूर्वाधारलाई समेत ध्यानमा राखेर विकासका आयोजनालाई अघि बढाइएको बताए।
त्यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सभाहलको सञ्चालन कार्यविधि मन्त्रालयमा विचाराधीन अवस्थामा रहेको बताए। उनले सभाहलको सञ्चालनबाट स्थानीय नागरिकको आर्थिक जीवनमा सकारात्मक प्रभाव पार्ने बताए। बुटवल–नारायणगढ सडक, बुटवल–गोरुसिंगे सडक विस्तारसँगै सभाहलसम्म पहुँच सहज हुने उनको भनाइ छ।
उक्त सम्मेलन केन्द्र दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको हो। पाँच वर्षअघि निर्माण सुरु भएको केन्द्रमा नेपालको झन्डा आकारमा तयार पारिएको छ।
केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन्। ९।६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ।

-1786430634.png)









