बुटवलमा सम्मेलन केन्द्र उद्घाटन : सहरी विकासमन्त्री चौधरी र पूर्वमन्त्री झाँक्रीले के भने?
बुटवल, भदौ ११ : सहरी विकासमन्त्री मेटमणि चौधरीले अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न मिल्ने गरी रुपन्देहीसहित बाहिरी जिल्लालाई समेत जोड्ने भएकाले अर्थतन्त्रमा टेवा पुग्ने बताएका...
बुटवल, भदौ ११ : सहरी विकासमन्त्री मेटमणि चौधरीले अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न मिल्ने गरी रुपन्देहीसहित बाहिरी जिल्लालाई समेत जोड्ने भएकाले अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन्।
शनिबार संघीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले सम्मेलन केन्द्रले बुटवल र लुम्बिनी प्रदेशवासीलाई लाभ दिने बताए।
नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनले सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने चरणमा सरकार रहेको जानकारी दिए।
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालकै ड्रिम पोजेक्ट रहेको बताइन्। उनले यो परियोजना सम्पन्न हुनु बुटवल र लुम्बिनीवासीका लागि गौरव भएको उनको भनाइ थियो।
पूर्वसहरी विकासमन्त्रीसमेत रहेकी झाँक्रीले संरचना अत्यन्तै राम्रो भएकाले यसको दिगो व्यवस्थापन र सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिइन्। १२ महिना खुल्ने र आर्थिक कारोबार गर्नेगरी सम्मेलन केन्द्र सञ्चालन गर्नुपर्ने सुझाव उनले दिइन्।
उक्त सम्मेलन केन्द्र दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको हो। पाँच वर्षअघि निर्माण सुरु भएको केन्द्रमा नेपालको झन्डा आकारमा तयार पारिएको छ।
केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन्। ९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ।

-1786430634.png)









