रुपन्देहीका जनप्रतिनिधि विकासका काममा प्रतिबद्ध रहेको पुष्टि भएको छ : उपाध्यक्ष पाैडेल
बुटवल, भदाै ११ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलका जनताको लामो समयदेखिको चाहनाले सार्थकता पाएको बताए।शनिबार संघीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको...
बुटवल, भदाै ११ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलका जनताको लामो समयदेखिको चाहनाले सार्थकता पाएको बताए।
शनिबार संघीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका उनले लामो समय धैर्यपछि गौतम बुद्ध विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न पाएको बताए।
यस किसिमको विकासले रुपन्देहीका जनप्रतिनिधि विकासका काममा प्रतिबद्ध रहेको पुष्टि गरेको उनको भनाइ थियो। पौडेलले रुपन्देहीका जनप्रतिनिधि र जनता विकासको गफ मात्र होइन, काम गरेर देखाउँछन् भन्ने धारणा जिल्लामा निर्माण भएका यस्ता आयोजनाबाट देखिएको बताए।
रुपन्देही विकासका मुद्दामा अघि बढेको उल्लेख गर्दै उनले विकासका लागि नमुना जिल्ला बन्दै गएको बताए। उनले भने, 'रूपन्देही नयाँनयाँ मानक स्थापित गर्न सक्षम छ, हिजो सुरू गरिएका आयोजना आज उद्घाटन गर्ने अवस्थामा छाैं।' उनले सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि तीनै तहका सरकारले मिलेर बनाउनुपर्नेमा जोड दिए।
उनले अपरेसन मोडालिटी तय गरेर अधिकतम लाभ लिने गरी कार्यविधि बनाउनुपर्नेमा जोड दिए। रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले दलीय आस्थाभन्दा माथि उठेर विकासमा सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे।
उक्त सम्मेलन केन्द्र दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको हो। पाँच वर्षअघि निर्माण सुरु भएको केन्द्रमा नेपालको झन्डा आकारमा तयार पारिएको छ।
केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन्। ९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ।

-1786430634.png)









