महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा
काठमाडाैं, भदाै ११ : दुई सातापछि घरेलु मैदानमा सुरु हुने महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक...
काठमाडाैं, भदाै ११ : दुई सातापछि घरेलु मैदानमा सुरु हुने महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट २३ सदस्यीय टिम घोषणा गरेका हुन्।
शनिबार घोषणा भएको टिममा दुई सिनियर खेलाडी कप्तान रेनुका नगरकोटी र पुजा राना भने छैनन। प्रशिक्षणका क्रममा घाइते भएकाले दुवैले घरेलु मैदानमा हुने साफ च्याम्पियनसिप गुमाएका हुन्। दुवैको खुट्टामा चोट लागेको छ।
प्रतियोगिता भदौ २१ देखि ३ गतेसम्म आयोजना हुनेछ। शनिबार मात्रै भारतीय फुबटलमाथि लागेको प्रतिबन्ध फुकुवा भएकाले प्रतियोगितामा ७ टिमकै सहभागी रहनेछ।
समूह बीमा रहेको नेपालले भदौ २१ गते हुने उद्घाटन खेलमा भुटानको सामना गर्नेछ। दोस्रो खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। समूह एमा उपाधि दाबेदार भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्।
नेपाली टिमः एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ, हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्गामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक, विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ ।











