Kathmandu Press

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, मंसिर १४ : रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार साँझ भएको खेलमा आल्भेजलाई २–१ गोल अन्तरले पराजि....

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, मंसिर १४ : रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार साँझ भएको खेलमा आल्भेजलाई २–१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको हो। 

खेलमा सुरुवाती अग्रता रियल मड्रिडले नै लिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा कप्तान सर्जियो रामोसको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो। 

खेलको  ६५ औं मिनेटमा अल्भेजले पेनाल्टी पाएको थियो। पेनाल्टीमा आल्भेजका लागि लुकास परेजले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए। तर, त्यसको चार मिनेटपछि ६९ औं मिनेटमा डानी कार्भाजलले गोल गर्दै रियल मड्रिडलाई २–१ अन्तरको जित दिलाए। 

जितसँगै १४ खेलबाट ३१ अंक जोडेको रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको बार्सिलोनाको २८ अंक छ।  

प्रकाशित मिति: २०:१० बजे, शनिबार, मंसिर १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्