Kathmandu Press

प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

काठमाडाैं, भदाै ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीमा निर्मित ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’को उद्घाटन गरेका छन्। बुटवल उपमहानगरपालिका १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण...
प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

काठमाडाैं, भदाै ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीमा निर्मित ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’को उद्घाटन गरेका छन्। बुटवल उपमहानगरपालिका १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन्।

सम्मेलन केन्द्र एक अर्ब ३ करोड लागत बनाइएको हो । २७ सय जना क्षमताको सम्मेलन केन्द्र ९ विघा क्षेत्रफलमा फैलिएको छ। त्यहँ एक मुख्य अन्य १२ हल गरी कुल १३ हल छन्।

सम्मेलन केन्द्र उद्घाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड, सहरी विकासमन्त्री मेटमणि चौधरी, एमाले नेता विष्णु पौडेल, लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत उपस्थित थिए।

खुला प्रतिस्पर्धाका आधरमा छानिएका उत्कृष्ट आर्किटेक्टले सम्मेलन केन्द्रको डिजाइन गरेका हुन् । आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झन्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल)मा बाल्कोनी र भुईं तलामा गरी ८७२ वटा कुर्ची जडान गरिएको छ ।

 

प्रकाशित मिति: १३:२३ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्