Kathmandu Press

नेपालको अस्तित्व मेटाउन खोज्ने विदेशीको मतियार देशभित्रै छन् : पोखरेल

काठमाडौं, भदौ ११ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह््य शक्तिका मतियार देशभित्रै रहेको बताएका छन्।शनिबार काठमाडौंको हाँडीगाउँमा...
नेपालको अस्तित्व मेटाउन खोज्ने विदेशीको मतियार देशभित्रै छन् : पोखरेल

काठमाडौं, भदौ ११ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह््य शक्तिका मतियार देशभित्रै रहेको बताएका छन्।

शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनःनिर्मित सत्तलको उद्घाटन गर्दै पोखरेलले नेपालको पहिचालन सकिए मुलुकको अस्तीत्व नै सकिने बताए ।

उनले तत्कालिन स्वार्था पुरा गर्न जस्तोसुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजक हुनुपर्ने समेत बताए। उनले भने, ‘मुलुकको धर्म संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्यलाई त्यागी सबै एकजुट हुनुपर्छ।’

कार्यक्रममा बागमती प्रदेश सांसद नारायण सिलवालले सम्पदा पुननिर्माण ऐतिहासिक महत्वलाई नमेट्ने गरि गर्नुपर्ने र यसमा समाज पनि सजक हुनुपर्ने धारणा राखे।

त्यस्तै काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको ऐतिहासिक सम्पदा संरक्षका लागि समूदायसँग हातेमालो गर्दै अघि बढ्ने बताइन्।

प्रकाशित मिति: १३:१४ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्