Kathmandu Press

झापामा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा, भदौ ११ : झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके...
झापामा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा, भदौ ११ : झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेका हुन्। हास्दाले मादक पदार्थको नसामा श्रीमतीमाथि हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरी फरार भएका उनलाई शनिबार बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्