‘चुनावपछि मुलुक समृद्धिको बाटोमा लाग्छ’
रुपन्देही, भदौ ११ : सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलकलाई दीगो विकास र स्थायी शान्तिको नयाँ कोर्समा लैजाने दलहरुबीच गठबन्धन भएको बताएका छन्।मन्त्री चौधरीले...
रुपन्देही, भदौ ११ : सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलकलाई दीगो विकास र स्थायी शान्तिको नयाँ कोर्समा लैजाने दलहरुबीच गठबन्धन भएको बताएका छन्।
मन्त्री चौधरीले बुटबलमा आयोजित साक्षात्कार कार्यक्रममा चुनावपछि मुलुक स्थायीत्वतर्फ जाने बताए। उनले देशलाई संविधान विरोधी तत्वबाट बचाउन आगामी निर्वाचनमा गठबन्धनका दलहरुको जित अपरिहार्य रहेको उल्लेख गरे।
‘संविधान विरोधी तत्त्वहरुबाट देश बचाउन, स्थायी शान्ति र संघीयताका लागि हामी गठबन्धन गरेर चुनावमा जान लागेका हौं । चुनावपछि मुलुक समृद्धिको बाटोमा लाग्ने छ,’ मन्त्री चौधरीले भने।
उनले एमालले कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम गरेको बताए ।
प्रकाशित मिति: ११:५८ बजे, शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











