नेपाल टि–२० लिगका लागि खेलाडी दर्ता खुल्यो
काठमाडाैं, भदाै ११ : नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘नेपाल टि–२० लिग’का खेलाडी दर्ता खुलेको छ।...
काठमाडाैं, भदाै ११ : नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘नेपाल टि–२० लिग’का खेलाडी दर्ता खुलेको छ। क्यानले खेलाडी दर्ताका लागि भदौ १५ गतेसम्मको समय तोकेको छ।
क्यानले मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो । प्रतियोगिताका लागि खेलाडी तीन क्याटेगोरीमा दर्ता हुनेछन्। खेलाडी दर्ता नेपालटि–२० डटकमबाट गर्न सकिनेछ।
सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद खेलेको, प्रधानमन्त्री कप तथा मेयर कप खेलेका खेलाडीले मात्र नेपाल टि–२० लिगमा आफ्नो नाम दर्ता गर्न पाउनेछन्। नाम दर्ताका लागि सन् २०१८ देखि नेपालको यू–१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने नियम पनि क्यानले बनाएको छ।
यस्तै, सन् २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज र फ्रेन्चाइज लिग खेलेका खेलाडीलाई नेपाल टि–२० लिगमा प्राथमिकता दिने क्यानको योजना छ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा ६ टिम सहभगाी हुने छन्, जसमध्ये ४ टिमको घोषणा भइसकेको छ भने दुई टिम घोषणा हुन बाँकी छ।
प्रत्येक टिममा १६ जना खेलाडी रहनेछन्। प्रत्येक टिमले बढीमा ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछन्।











