Kathmandu Press

नेपालीकी सुनमायाले ‘अल्ट्रा रेस मोन्ट ब्लांक’मा जितिन् रजत

काठमडौं, भदौ ११ : नेपालकी अल्ट्रा धावक सुनमाया बुढाले विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांकमा रजत पदक जितेकी छिन्। ब्लांकको १०० किलोमिटर तर्फ...
नेपालीकी सुनमायाले ‘अल्ट्रा रेस मोन्ट ब्लांक’मा जितिन् रजत

काठमडौं, भदौ ११ : नेपालकी अल्ट्रा धावक सुनमाया बुढाले विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांकमा रजत पदक जितेकी छिन्। ब्लांकको १०० किलोमिटर तर्फ नेपालकी सुनमाया दोस्रो भएकी हुन्।

मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै निर्धारित दुरी सुनमायाले १ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरेकी छिन्। सो प्रतियोगिता उनले द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी थिइन्।

यो विधानको उपाधि फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलले जितिन्। गतवर्ष यूटीएमबी थाइल्याण्डमा पहिलो भएपछि सुनमायाले यो प्रतियोगिता खेल्ने अवसर पाएकी हुन्।

 

प्रकाशित मिति: १०:५३ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्