Kathmandu Press

‘गठबन्धन व्यवस्थित र प्रभावकारी हुन्छ’

मोरङ, भदौ ११ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन्।विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग...
‘गठबन्धन व्यवस्थित र प्रभावकारी हुन्छ’

मोरङ, भदौ ११ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढंगले सीट बाँडफाँट गर्ने  बताए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक भएको उल्लेख गरे।

नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभाबाट पनि पारित हुने उनले विश्वास व्यक्त गरे।

उनले नागरिकता विधेयकसम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवं भेटघाट सामान्य कुरा भएको र राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल र परामर्श लिने सुविधा भएको उल्लेख गरे।

 

प्रकाशित मिति: १०:३४ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्