Kathmandu Press

भारतीय फुटबलमाथिको प्रतिबन्ध हट्यो, महिला साफ च्याम्पियनसिप खेल्ने

काठमाडाैं, भदाै ११ : भारतीय फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध हटेको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)मा बाहिरी हस्तक्षेप भएको भन्दै लगाएको प्रतिबन्ध दुई...
भारतीय फुटबलमाथिको प्रतिबन्ध हट्यो, महिला साफ च्याम्पियनसिप खेल्ने

काठमाडाैं, भदाै ११ : भारतीय फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध हटेको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)मा बाहिरी हस्तक्षेप भएको भन्दै लगाएको प्रतिबन्ध दुई सातापछि हटाएको हो।

फिफा काउन्सिलले भारतीय फुटबलमाथिको सबै प्रतिबन्ध हटाएको हो । अदालतबाट निर्माण कमिटीको नियन्त्रणबाट एआइएफएफ स्वतन्त्र भएको पाएपछि प्रतिबन्ध हटाइएको फिफाले जनाएको छ।

प्रतिबन्ध हटाए पनि भारतीय फुटबलको आगामी परिस्थितिबारे पनि निगरानी फिफा र एएफसीले राख्नेछ । यस्तै, निर्धारित समयमै निर्वाचन गराउन एआइएफएफलाई सहयोग गर्ने पनि फिफाले सहयोग गर्ने बताएको छ।

प्रतिबन्ध हटेसँगै नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप पनि भारतले खेल्ने पक्का भएको छ। महिला साफ  च्याम्पियनसिप भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगशालामा हुनेछ।

यस्तै, भारतमै आयोजना हुने भनिएको यू–१७ महिला विश्वकप पनि समयमै आयोजना हुने भएको छ। यू–१७ महिला विश्वकप अक्टोबर ११ देखि ३० सम्म आयोजना हुनेछ।

 

प्रकाशित मिति: १०:१९ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्