प्रधानमन्त्रीले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्ने
बुटवल, भदौ ११ : रुपन्देहीको बुटवल उपमहानगरपालिका १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका...
बुटवल, भदौ ११ : रुपन्देहीको बुटवल उपमहानगरपालिका १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका छन्।
त्यसका लागि प्रधानमन्त्री देउवा आज बुटवल आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए। सम्मेलन उद्घाटन कार्यक्रमको सबै तयारी पूरा भएको उनले बताए।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको हो।
यो सम्मेलन केन्दै गत असारमै सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए। बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ। यो सम्मेलन केन्द्रमा एक हजार सीट क्षमता रहेको छ।
एक अर्ब ११ करोडमा सम्मेलन केन्द्र निर्माण भएको हो। सम्मेलन केन्द्र नौ विघा क्षेत्रमा फैलिएको छ।











