Kathmandu Press

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं, भदौ ११ : आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन देशभर धुमधामसँग मनाइँदै छ।आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान...
आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं, भदौ ११ : आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन देशभर धुमधामसँग मनाइँदै छ।

आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने प्रचलन छ। त्यस्तै, बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।

आजको दिन आफ्ना बुबालाई मन पर्ने विभिन्न खानेकुरा, लत्ताकपडा दिने गरिन्छ। मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने गरिन्छ।

काठमाडौंको गोकर्णमा बिहानैदेखि श्राद्ध तथा तर्पण गर्नेको घुइँचो लागेको छ। उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले मातृकूल, पितृकूल, बन्धु–ससुराली कूलादि सय कूलको उद्धार हुने धार्मिक विश्वास छ।

 

प्रकाशित मिति: ०७:३७ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्