Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदनमाथि छलफल आज

काठमाडौं, भदौ ११ : नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुदै छ।एमाले केन्द्रीय कार्यालय, च्यासलमा...
एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदनमाथि छलफल आज

काठमाडौं, भदौ ११ : नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुदै छ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे केन्द्रीय कमिटी बैठक बस्दै छ। आजको बैठकमा नौ वटा समूह बनाएर प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।

समूहगत छलफलपछि केन्द्रीय सदस्यले उठाएका प्रश्नको अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ। राजनीतिक प्रतिवेदन पारित भएसँगै केन्द्रीय कमिटी बैठक सम्पन्न हुनेछ।

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार शुरु भएको थियो। पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

यससँगै केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनको तयारी तथा रणनीतिका विषयमा पनि आवश्यक निर्णय गर्ने जनाइएको छ।

प्रकाशित मिति: ०७:२१ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्