Kathmandu Press

आज देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ ११ : मनसुनी वायुको प्रभावले आज देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार हाल...
आज देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ ११ : मनसुनी वायुको प्रभावले आज देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तर तर्फ अवस्थित रहेको छ। जसले गर्दा हाल लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।

त्यस्तै, देशका बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि गण्डकी प्रदेशका थोरै स्थानमा साथै प्रदेश १ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

आजा दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको आकलन छ।

प्रकाशित मिति: ०६:४१ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्