गठबन्धनमा प्रदेशको सिट बाँडफाँडको विषयमा छलफल
काठमाडाैं, भदाै १० : आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँडफाँड गर्न बनाइएको कार्यदलमा प्रदेश तहमा सिट बाँडफाँटका बिषयमा छलफल भएको छ ।...
काठमाडाैं, भदाै १० : आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँडफाँड गर्न बनाइएको कार्यदलमा प्रदेश तहमा सिट बाँडफाँटका बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको कार्यदल बैठकले प्रदेश तहमा गठबन्धन दलहरुबीचको सिट बाँडफाँटमा बिषयमा छलफल भएको हो ।
बैठकमा प्रदेश तहमा दलहरुले आ–आफ्नै दावी गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। प्रदेश तहको सिट बाँडफाँटमा संघमा दाबी गरेका तर सिट दिन नसकिएका दललाई प्राथमिकता दिने गरी मोडालिटीमा समझदारी बनेको उनले बताए।
कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री कार्कीले छिटै कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने जनाए। निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने उनले बताए।
देशलाई स्थिरता र समृद्धितर्फ लैजान गठबन्धन बनेको भन्दै उनले साझा अवधारणा बनाएर चुनावमा जाने जानकारी दिए।











