कांग्रेस कसैको अगाडि झुक्दैन : नेता गच्छदार
इनरूवा, भदाै १० : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस कसैको अगाडि नझुक्ने पार्टी भएको बताएका छन। नेपाली कांग्रेस सुनसरीले शुक्रबारदेखि सुरु गरेको...
इनरूवा, भदाै १० : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस कसैको अगाडि नझुक्ने पार्टी भएको बताएका छन। नेपाली कांग्रेस सुनसरीले शुक्रबारदेखि सुरु गरेको ‘जनतासँग कांग्रेस अभियान’ कार्यक्रममा उहााले कांग्रेस कुनै पनि तानाशाही, राजा, र कम्युनिष्टको अगाडि कहिले नझुकेकाले आउने दिनमा समेत कसैसँग नझुक्ने बताए।
उनले आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीको सबै क्षेत्रमा कांग्रेसका उमेदवारलाई विजयी गराउने गरी पार्टीको विचार र सिद्धान्तसहित गाउँगाउँमा जान नेता तथा कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अमृत अर्यालले पार्टीभित्र रहेका असन्तुष्टिलाई बिर्सेर आउने निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने बताए।
सोही कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले पार्टी महाधिवेशनमा पराजय भएका र विजयी भएका बीचमा देखिएका मनमुटाव समाधानका लागि सबै लाग्नुपर्नेमा जोड दिए।











