Kathmandu Press

केन्याविरुद्ध चलेन नेपालकाे ब्याटिङ, नेपाल १८ रनले पराजित

शुक्रबार केन्याविरुद्ध ब्याटिङ चल्न नसक्दा नेपाल १३३ रनको सामान्य लक्ष्य पछ्याउँदा पनि १८ रनको हार बेहोर्न बाध्य भयो।
केन्याविरुद्ध चलेन नेपालकाे ब्याटिङ, नेपाल १८ रनले पराजित

काठमाडाैं, भदाै १० : घरेलु टोली केन्यासँगको टि–२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। शुक्रबार केन्याविरुद्ध ब्याटिङ चल्न नसक्दा नेपाल १३३ रनको सामान्य लक्ष्य पछ्याउँदा पनि १८ रनको हार बेहोर्न बाध्य भयो।

यो हारसँगै ५ खेलको टि–२० सिरिज १–१को बराबरीमा आएको छ । बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो।

नैरबीमा शुक्रबार पहिला ब्याटिङ गर्दै केन्याले दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । नेपालका लागि आरिफ सेखले सर्वाधिक २५ रन बनाउँदा रोहित पौडेल र अदिल आलमले समान २० तथा पवन सर्राफले १९ रनको योगदान दिए।

११ रन बनाउँदा दुवै ओपर (आसिफ सेख र ज्ञानेन्द्र मल्ल)लाई गुमाएको नेपाल त्यसपछि दबाबमा आयो र निरन्तर विकेट गुमाउँदै समान्य योगफल पनि पछ्याउन सकेन्। केन्याका इमान्युएल बुन्डी, लुकास ओलुच र भिराज पटेलले समान २ विकेट लिए ।

नैरोबीस्थित जिमखान क्रिकेट मैदान टस हारेर ब्याटिङ गरेको गरेको केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनायो । उसका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाउँदा नेहेमिह ओडिएम्बोले ३१ तथा इर्फानले २२ रनको योगदान दिए।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिँदा करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए।

सिरिजको तेस्रो खेल आइतबार नैरोबीस्थित जिमखान क्रिकेट मैदानमै हुने छ।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्