Kathmandu Press

बजार व्यवस्थापनकाे नाममा बालेनले अराजक गतिविधि गरे : कांग्रेस विश्वकर्मा

काठमाडाैं, भदाै १० : सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्थानीय तहकाे बजार व्यवस्थापन गर्ने...
बजार व्यवस्थापनकाे नाममा बालेनले अराजक गतिविधि गरे : कांग्रेस विश्वकर्मा

काठमाडाैं, भदाै १० : सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्थानीय तहकाे बजार व्यवस्थापन गर्ने नाममा अराजक गतिविधि गर्न नहुने बताएका छन।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर बालेनले भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना भएकाे भन्दै आपत्ति जनाएका हुन।

'हामी आज बजारमा के–के देख्दै छौ त? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव। हाम्रो सिष्टमले भनेको त्यो हो त? त्यसको कानुनी प्रक्रिया छैन ?’ उनले भने।

उनले गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गरे।

‘गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ। स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ। तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिंडनु भयो भने के हुन्छ?’ उनले प्रश्न गरे।

बालेनले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने र तोकिएको प्रयोजन विपरीत प्रयोग भइरहेका अण्डरग्राउण्ड खाली गराइरहँदा नेता विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो।

प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्