Kathmandu Press

भदौ १८ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र 

शुक्रबार कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेर उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको हो । 
भदौ १८ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र 

काठमाडौं, भदौ १० : नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि भदौ १८ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ ।

शुक्रबार कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेर उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको हो । 

महामन्त्री गगन थापाद्वारा हस्ताक्षरित परिपत्रमा भदौ १८ भित्र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई उम्मेदवारको आकांक्षीहरुको सूची पठाउनुपर्ने उल्लेख छ । 

परिपत्रमा जिल्ला कार्यसमितिबाट प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरेर प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र केन्द्रमा नाम पठाउनुपर्ने भनिएको छ।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्