Kathmandu Press

एमाले बैठक : ओलीको प्रतिवेदनमाथि छलफल गर्न ९ समिति गठन 

काठमाडौं, भदौ १० : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टी कार्यालयमा बसेको बैठकको पहिलो...
एमाले बैठक : ओलीको प्रतिवेदनमाथि छलफल गर्न ९ समिति गठन 

काठमाडौं, भदौ १० : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

पार्टी कार्यालयमा बसेको बैठकको पहिलो दिन पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको तर्फबाट प्रतिवेदन पेश गरिएको हो ।

त्यस्तै बैठकमा आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि तयार गरिएको मापदण्डको प्रस्ताव पनि पेश गरिएको छ भने निर्वाचनमा भएका अन्तर्घात छानविन गर्नका लागि गठित कार्यदलले प्रतिवेदनका बारेमा जानकारी गराएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

त्यस्तै पार्टीको तेश्रो केन्द्रीय कमिटी बैठकपछि भएका निर्णयहरुलाई पनि बैठकले अनुमोदन गरेको छ । बैठकले पार्टी कामलाई अघि बढाउनका लागि नियमावली बनाउन खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने केन्द्रीय सदस्यमा मनोनित भएका चार जनालाई सपथ र कार्यबिभाजन गरिएको रिजालले बताए। उनले सवै घेराबन्दीलाई चिर्दै एमालेलाई बहुमतमा पुराउन र निर्वाचनको रणनीतिबारे बैठकले गम्भीर रुपमा छलफल गर्ने जिकिर गरे । सवै प्रतिवेदनमाथि छलफल गरि सुझाव पेश गर्न बिभिन्न ९ वटा समिति बनाइएको रिजालले जानकारी दिए। 

एमाले केन्द्रीय कमिटी शनिबार बिहान साढे १० बजे पुन बस्ने र ९ वटा समितिले आफ्नो सुझाव प्रतिवेदन पेश गर्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्