Kathmandu Press

कपिलवस्तुमा गोली हानी ५५ वर्षीय पुरुषको हत्या 

जिल्लाको मायादेवी गाउँपालिका–६ मदरहवाका ५५ वर्षीय घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ।
कपिलवस्तुमा गोली हानी ५५ वर्षीय पुरुषको हत्या 

काठमाडौं, भदौ १० : कपिलवस्तुमा गोली हानी एक पुरुषको हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–६ मदरहवाका ५५ वर्षीय घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ।

पासी घरमै बसिरहेका बेला दुई अज्ञात व्यक्तिले बोलाइ  मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेको उनका परिवारले बताएका छन् । 

गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

कपिलवस्तु अस्पतालका अनुसार पासीको बायाँ तिघ्रा गोली लागेर छेँडिएको छ । तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको  । 

गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तुका प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्