Kathmandu Press

निहारिकालाई मधेस सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने

जनकपुर, भदौ १० : मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक  सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।मधेस...
निहारिकालाई मधेस सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने

जनकपुर, भदौ १० : मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक  सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई  पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। 

मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा सो रकम सहयोग गरिएको जानकारी दिए। उनले न्यायाधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोगसमेत प्रदान गरिने जानकारी दिए ।

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्