Kathmandu Press

थप ३२४ जनामा कोरोना संक्रमण, एकको मृत्यु 

बितेको चौबिस घन्टामा १ हजार ६७३ जनामा पीसीआर परीक्षण गर्दा १६३ र १ हजार ८४२ जनामा एन्टीजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ३२४ जनामा कोरोना संक्रमण, एकको मृत्यु 

काठमाडौं, भदौ १० : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा ३२४ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण देखिएको हो । 

बितेको चौबिस घन्टामा १ हजार ६७३ जनामा पीसीआर परीक्षण गर्दा १६३ र १ हजार ८४२ जनामा एन्टीजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ४१८ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 

योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ९६ हजार ६०५ र एन्टीजेनतर्फ १ लाख ५० हजार २२४ पुगेको छ । तीमध्ये ९ लाख ८० हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट हालसम्म ११ हजार ९९९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । 

हाल देशभर सक्रिय संंक्रमितको संख्या ३ हजार ९४३ रहेको मन्त्रालयले जानकारी दिएको छ। 

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्