हवाई उद्धारका नाममा हुने विकृतिलाई नियन्त्रण गर्नुपर्छ : पर्यटनमन्त्री

काठमाडौं, भदौ १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकको हवाई उद्धारका नाममा हुने बिकृतिलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा हिमालयन उद्धार संघ नेपालको ४८ औं साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटकको हवाई उद्धारका नाममा हुने बिकृतिले समग्र नेपालकै पर्यटन क्षेत्रमा असर पर्ने भन्दै यसलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।
उनले आगामी दिनमा हवाई उद्धार सेवालाई व्यवस्थीत बनाउदै लैजानुपर्ने धारणा पनि राखे । उनले मुलुकको पर्यटन क्षेत्रलाई चलाएमान बनाउन सरकारले अघि सारेको कार्ययोजनालाई पुरा गरेरै छाड्ने बताए। मन्त्री श्रेष्ठले नेपाललाई संसारको उत्कृष्ट पर्यटन गन्तव्य बनाउनका लािग पनि सवैको योगदान आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा संघले गत आर्थिक बर्षमा हिमालय क्षेत्रबाट नेपाली र बिदेशी गरि एक हजार ७० जनाको उद्धार गरिएको जनाएको छ ।
-1786442675.jpeg)



-1786442675.jpeg)






