Kathmandu Press

धरान पुगेर प्रचण्डले गरे वृक्षारोपण

धरान पुगेर प्रचण्डले गरे वृक्षारोपण

काठमाडौं, भदौ १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरान पुगेर वृक्षारोपण गरेका छन् । 

धरान उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । कार्यक्रममा प्रचण्डले धरानका मेयर हर्क साम्पाङ सँगसँगै वृक्षारोपण गरेका थिए। 

जनवादी कलाकार जेबी टुहुरेको स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताइएको छ । अध्यक्ष प्रचण्डले वृक्षारोपण कार्यक्रममा आफूलाई पनि बोलाइएकोमा धन्यवाद दिए । साथै उनले वृक्षारोपणमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे । 

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्