Kathmandu Press

राहदानी विभागको अन्डरग्राउण्ड पार्किङ महानगरले खाली गरायो 

काठमाडौं, भदौ १० : त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड पार्किङ खाली गराइएको छ । शुक्रबार दिउँसो अनुगमनमा पुगेको काठमाडौं महानगरको टोलीले विभागको बेसमेन्ट खाली गराएको हो...
राहदानी विभागको अन्डरग्राउण्ड पार्किङ महानगरले खाली गरायो 

काठमाडौं, भदौ १० : त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड पार्किङ खाली गराइएको छ । 

शुक्रबार दिउँसो अनुगमनमा पुगेको काठमाडौं महानगरको टोलीले विभागको बेसमेन्ट खाली गराएको हो । पार्किङका लागि बनाइएको ठाउँलाई प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि महानगरको टोली आफैले बेसमेन्ट खाली गराएको हो । 

महानगर प्रहरीले बेसमेन्टमा रहेका कुर्सीहरु हटाएको छ ।  

महानगरभित्र बनेका संरचनामा पार्किङका लागि बनाइएको बेसमेन्ट अन्य प्रयोजनका लागि प्रयोग भएको भए महानगरले तत्काली खाली गराउन ३५ दिने सूचना सार्वजनिक गरिसकेको थियो । 

३५ दिन नाघेपछि महानगर आफैले अनुगमन सुरु गरेको हो । मंगलबारदेखि सुरु भएको अनुगमनका क्रममा अवैध संरचना निर्माण भएको पाइएपछि महानगर प्रमुख बालेन शाहले कैयौं संरचनामा डोजर चलाएका थिए । 

महानगरको टोलीले ३२ वटै वडामा अनुगमन गर्दै त्यस्ता संरचनाहरु हटाउने कामलाई निरन्तरता दिने भएको छ । 
 

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्